आइतबार, ४ साउन २०८२

आँखुखोला जलविद्युतको ८ लाख कित्ता आइपिओ खुल्यो

समयपोष्ट २०७५ साउन १० गते ५:०७

आँखुखोला जलविद्युत कम्पनीले ८ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रभावित क्षेत्र धादिङ जिल्लाका वासिन्दाको लागि साउन १७ गतेदेसाधारण सेयर जारी गर्ने भएको हो ।

साधारण सेयरमा छिटोमा साउन ३१ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा भदौ १५ गतेसम्म साधारण सेयर जारी हुँने बताइएको छ । साधारण सेयरमा धादिङ जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाका १६ वटा शाखा कार्यालयबाट आवेदन दिन पाइने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटलले जनाएको छ।

कम्पनीको क्रेडिट रेटिङ सबै भन्दा कमजोर ‘इक्रा एनपि आइपिओ ग्रेड ५’ रहेको छ । कम्पनीमा गरिएको प्राथमिक लगानी फिर्ता हुन कम्तिमा पनि ९ वर्ष लाग्ने कम्पनीले जनाएको छ। कम्पनीको हाल ८.४ मेगावाट क्षमताको आयोजना रहेको छ। जसको प्रतिमेगावाट लागत मात्रै २८ करोड ८९ लाख रुपैयाँ रहेको छ भने जम्मा लागत दुर्इ अर्ब ४२ करोड रुपैयाँ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री