शुक्रबार, ७ वैशाख २०८१

दशैंमा मेलम्ची ‘असम्भव’

समयपोष्ट २०७५ साउन १० गते २:२३

ठेकेदारले मुख्य संरचना सुरुङमार्ग फाइनल फिनिसिङ (ढलान)को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ ।

Advertisement

आजको नागरिक दैनिकमा खबर छ,गएको चैत अन्तिम साता २६ किलोमिटर लामो मुहानस्थल आम्बाथान-सुन्दरीजल सुरुङमार्ग ब्रेक थ्रु भए (छेडिए) पछि उत्साही सरकारले आगामी दशैं उपहारमा मेलम्ची पानी खुवाउने बाचा गरेको थियो ।

तीन महिनामा सक्ने लक्ष्यसाथ थालिएको ढलान सो समयमा एक तिहाइ पनि नसकिएपछि मेलम्ची भाखा फेरि सर्ने देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री