बिहीबार, १३ वैशाख २०८१

गृहमन्त्री बादलसँग अमेरिकी राजदूतको बिदाइ भेट

समयपोष्ट २०७५ साउन ९ गते १०:३४

नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजले नेपालको अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको बताउनुभएको छ ।

Advertisement

गृहमन्त्री रामबहादुर थापासँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा उहाँले अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्नेलगायतका विषयमा समेत जिज्ञासा राख्नुभएको थियो ।

जवाफमा मन्त्री थापाले ती विषय मन्त्रालयले अध्ययन गरिरहेको र सोही आधारमा भविष्यमा निर्णय लिइने जानकारी दिनुभयो ।

सो भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

केही दिनमा राजदूतको रुपमा नेपालबाट आफ्नो कार्यकाल सम्पन्न गरेर फर्किन लाग्नुभएकी राजदूत टेप्लिजले आफ्नो कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध थप मजबुत बनाउन खेलेको भूमिकाप्रति गृहमन्त्रीले धन्यवाद व्यक्त गर्नुभयो ।

गृहमन्त्रीले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा व्यक्त गर्नुभयो ।

पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीच भइरहेको वार्ता र छलफलको स्वागत गर्दै यसले विश्वशान्ति कायम गर्न सहयोग पुग्ने विश्वास गृहमन्त्रीले व्यक्त गर्नुभयो ।

राजदूत टेप्लिजले १३ दिनपछि नेपालको कार्यकाल सम्पन्न गरेर अमेरिका फर्कन लागेको जानकारी दिँदै आफ्नो नेपाल बसाइ सुखद रहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा नेपाल सरकार र गृहमन्त्रायबाट पाएको सकारात्मक सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो ।

भेटमा मानव तस्करी नियन्त्रण र भुटानी शरणार्थी एवं तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा समेत कुरा भएको थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री