शुक्रबार, १४ वैशाख २०८१

वरिष्ठ नेता पौडेल र जापनी राजदूत भेट

समयपोष्ट २०७५ साउन ८ गते ७:०४

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि नवनियुक्त जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ ।

Advertisement

वरिष्ठ नेता पौडेल निवास बालाजुमा आज भएको भेटमा दुई देशको सम्बन्धका बारेमा छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । भेटमा जापानले नेपालको कृषि क्षेत्रमा लगानी गर्न तयार रहेको राजदूत साइगोले बताउनुभएको थियो ।

वरिष्ठ नेता पौडेलले तनहुँको तनहुँ हाइड्रोमा जापान सरकारले लगानी गरेकामा राजदूत साइगोलाई धन्यवाद दिनुभएको थियो । त्यसैगरी नेपालको समृद्धिका लागि कृषि क्रान्ति ऊर्जा शक्तिको विस्तार र पर्यटनको विकास आवश्यक भएकाले यी क्षेत्रमा लगानी गर्न उहाँले जापानलाई आग्रहसमेत गर्नुभएको थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री