बिहीबार, १५ चैत २०८०

कानुनमन्त्री तामाङले तत्काल राजिनामा दिनुपर्छ: राप्रपा

समयपोष्ट २०७५ साउन ७ गते ७:२४

पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले कानुनमन्त्री शेरबहादुर तामाङले पदिय मर्यादा र गरिमा विपरित अभिव्यक्ति दिएको भन्दै भत्र्सना गरेको छ ।

Advertisement

बङ्गलादेशमा चिकित्सा क्षेत्रमा अध्ययन गर्ने नेपाली महिला विद्यार्थीको अस्मितामा चोट पुग्ने गरी दिएको अभिव्यक्तिले सारा नेपाली अपमानित भएको आज जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

सो पार्टीका प्रवक्ता राजेन्द्र गुरुङले जारी गरेको बिज्ञप्तीमा भनिएको छ,‘राष्ट्रको गरिमापूर्ण र मर्यादित मन्त्री जस्तो पदमा बसेर यस्तो गैर जिम्मेवार, अमर्यादित, अशोभनिय र अपशब्द बोल्ने छुट सह्य हुन सक्दैन तसर्थ निजले तत्काल नेपाली जनता सामु माफी मागि आफ्नो पदबाट राजिनामा दिई नैतिकता प्रर्दशन गर्न र आधा आकाश ढांकेको महिलाको सम्मान गर्न पनि राप्रपा प्रजातान्त्रिक माग गर्दछ’

यस्तै राप्रपा प्रजातान्त्रिकले देश र जनताको भावनालाई चोट पुर्याई अपशब्द बोल्ने झापाका व्यापारी दुर्गा प्रसाईँलाई पनि कानून बमोजिम कारवाही गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री