शुक्रबार, ७ वैशाख २०८१

एनएमबि बैंकले विदेशबाट ल्यायो डेढ अर्ब, यी क्षेत्रहरुमा लगानी गर्ने

समयपोष्ट २०७५ साउन ७ गते ६:२९

नेपाल राष्ट्र बैंकले एनएमबि बैंकलाई विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आर्इएफसी) बाट ऋण ल्याउन स्वीकृति प्रदान गरेको छ । बैंकले एनएमबिलाई हेजिङ लागत बाहेक साढे पाँच प्रतिशतभन्दा कम ब्याजदरमा डेढ अर्ब रुपैयाँ (१५ मिलियन) अमेरेकी डलर ऋण ल्याउन स्वीकृती प्रदान गरेको हो । सो रकम एक साताभित्रै एनएमबिले नेपाल भित्राउने जानकारी दिएको छ ।

Advertisement

आर्इएफसी मार्फत लिएको ऋण एनएमबिले भौतिक पूर्वाधारका क्षेत्रहरु सडक, पुल,सुरुङमार्ग, पर्यटन तथा कृषि ,विमानस्थल, केवलकार र जलविद्युत उत्पादन तथा प्रसारण लाइन निमार्णका लागि लगानी गर्न पाउनेछ ।

नेपाल राष्ट्र बैंकले प्राथमिक पूँजीको २५ प्रतिशतसम्म विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार बैंकले पैसा ल्याउन सुरुमै प्रकृया थालेको थियो । एनएमबि बाहेक अन्य आधा दर्जन बैंकले पनि आइएफसीबाट पैसा ल्याउनका लागि सहमति गरिसकेका छन् ।उनीहरु राष्ट्र बैंकको स्वीकृतिको पर्खाइमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री