बिहीबार, १ साउन २०८२

नोकिया एक्स फाइभ आज लञ्च हुँदै, यस्ता छन् विशेषता

समयपोष्ट २०७५ साउन १ गते ७:२२

नोकिया ब्राण्डको नयाँ स्मार्टफोन नोकिया एक्स फाइभ आज सार्वजनिक गरिने भएको छ । नोकिया ब्राण्डको स्वामित्व रहेको एचएमडी ग्लोबल कम्पनीले नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । यसअघि जुलाई ११ मा एक्स फाइभ सार्वजनिक गर्ने भनिएको भएपछि ६ दिन पछि सारिएको थियो ।

Advertisement

अघिल्लो स्मार्टफोन नोकिया एक्स सिक्स चीनमा मात्रै लञ्च गरिए पनि नोकिया एक्स फाइभ विश्वभर गर्न लागिएको हो ।

नोकिया एक्स फाइभमा पछिल्लो भाग काँचको हुनेछ भने फुल स्क्रिन डिस्प्ले रहनेछ । फोनमा डुअल रियर क्यामरा तथा फिंगरप्रिन्ट सेन्सर रहेको छ । एलइडी फ्लासलाइट युक्त १३ प्लस २ मेगापिक्सेलवाला डुअल रियर क्यामरा सेटअप रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री