बुधबार, १४ साउन २०८२

मन्त्री दाहालद्वारा नागढुङ्गा सुरुङमार्गको स्थलगत निरीक्षण, काम छिटो सक्न निर्देशन

समयपोष्ट २०८२ साउन १३ गते १२:५८


भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुङ्गा सुरुङमार्गको पछिल्लो अवस्थाबारे जानकारी लिन मंगलबार बिहान स्थलगत निरीक्षण गरेका छन्। सडक विभागका अधिकारीहरूसहित निरीक्षणमा पुगेका मन्त्री दाहालले बाँकी काम छिटो सम्पन्न गरी सुरुङमार्ग सञ्चालनको तयारी गर्न निर्देशन दिए।

सडक विभागका महानिर्देशक विजय जैशीले सुरुङमार्गको मुख्य संरचना निर्माण सम्पन्न भएको र पहिरोको जोखिम रहेका स्थानमा तीव्र गतिमा काम भइरहेको जानकारी गराए। उनले सुरुङमार्गलाई चाँडै सञ्चालनमा ल्याउन प्राथमिकताका साथ काम भइरहेको बताए।

मन्त्री दाहालले सुरुङमार्गको निर्माणले यातायात सहज हुने र काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री