बिहीबार, १ साउन २०८२

इन्टरनेट सेवा शुल्क बढाउने विषयमा जानकारी छैन: सञ्चारमन्त्री बास्कोटा

समयपोष्ट २०७५ असार २६ गते ७:१५

सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले आफू इन्टरनेटको सेवा शुल्क बढाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘प्रवक्ता र सूचना अधिकारीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले इन्टरनेट सेवा शुल्क बढाउने कि नबढाउने भन्ने विषयमा तत्काल निर्णय गर्न आफ्नो मन्त्रालय र सचिवलाई सचेत समेत गराएका छन् ।

मन्त्री बास्कोटाले इन्टरनेट सेवा शुल्क बढाउने विषयमा आफूलाई धेरै थाहा नहुने समेत बताए । उनले सरकारको नीतिलाई आवश्यक निर्णय लिएर कार्यान्वयनमा लैजाने काम प्रशासन क्षेत्रको भएको पनि स्मरण गराए ।

उनले प्रवक्ता र सूचना अधिकारीहरुको भूमिकालाई प्रभावकारी बनाउनेगरी प्रविधि र स्रोत, साधनको उचित व्यवस्था गर्नुपर्नेमा पनि जोड दिदै स्रोत, साधनको अभावमा सरकारको प्रवक्ताले समेत सूचनालाई प्रभावकारी ढंगले सम्प्रेषण गर्न नसकेको गुनासो गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री