बुधबार, ५ कार्तिक २०८२

६४ अंकले बढ्यो नेप्से, हालसम्मकै उच्च कारोबार

समयपोष्ट २०८१ साउन १६ गते १५:२०

Advertisement

नेप्से परिसूचक ६४.२५ अंक बढेर २७६०.९० विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स १०.६६ अंक बढेको छ। फ्लोट इण्डेक्स ४.२५ अंक बढेको छ। सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३३ अंक बढेको छ।

आज ३३२ स्टकको २ लाख ३८ करोड २७२ पटकको कारोबारमा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँबरारको ५ करोड ९ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार १० स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया, कुथेली बुखरी स्मल हाइड्रोपावर, नेपाल वेयरहाउजिङ्ग कम्पनी र प्रोग्रेशिभ फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। सो बाहेक अन्य ११ स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.५२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८४ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन माउन्टेन इनर्जीको ४१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको ४० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

Advertisement

१३ उपसमूहमध्ये यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ८.०८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक ६.८९ प्रतिशत बढेको छ भने विकास बैंक र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री