मंगलबार, ६ साउन २०८२

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट

समयपोष्ट २०८१ साउन १६ गते ११:४२


सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्काशन अर्थात एफपीओ बाँडफाँट भएको छ।

५ लाख ६३ हजार ३२२ स्वीकृत आवेदनमध्ये ४ हजार ६७२ जनालाई १० कित्ताका दरले लघुवित्तको शेयर बाँडफाँट गरिएको लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ।

त्यसरी बाँडफाँट गर्दा शेष रहेको ९.५४५ कित्ता शेयरमध्ये ९ जनालाई एक कित्ताका दरले र एक जनालाई ०.५४५ कित्ता (मिलान गर्द १ कित्ता) शेयर बाँडफाँट गरेको छ।

लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा कुल १५ लाख ६४ हजार ४२३ आवेदन गरेको थियो। जसमध्ये १ हजार १०१ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री