मंगलबार, ४ कार्तिक २०८२

नेप्सेमा करेक्सन, साढे १९ अर्बभन्दा बढीको कारोबार

समयपोष्ट २०८१ साउन १४ गते १५:१८


साताको दोस्रो कारोबार दिन नेप्सेमा करेक्सन भएको छ। अघिल्लो कारोबार दिन ११३ अंक बढेको नेप्सेमा आजकरेक्सन भएको हो।

Advertisement

नेप्से परिसूचक २०.४६ अंक घटेर २६६१.०९ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९१ अंक घटेको छ।

नेप्सेमा करेक्सन भएपनि भोल्यूम भने बढेको छ। अघिल्लो कारोबार दिन १५ अर्ब ८१ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३२५ स्टकको २ लाख २२ हजार ६६० पटकको कारोबारमा १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको ४ करोड ७७ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.७७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन मन्दाकिनी हाइड्रोपावर र बाराही हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने जानकी फाइनान्स र गणपति लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ८.३५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६१ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, कुमारी बैंकको ५५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कारोबार रकम ३९ करोड नाघेको छ।

Advertisement

१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशत बढेको हो भने जलविद्युत उपसमूहको परिसूचक ०.८१ प्रतिशत बढेको हो। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.५४ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्त उपसमूहको परिसूचक साढे ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री