सोमबार, ५ साउन २०८२

नेप्सेमा दोस्रो सर्किट ब्रेक, ४० मिनेट कारोबार बन्द

समयपोष्ट २०८१ साउन १३ गते ११:३३

नेप्से सूचकमा आइतबार दोस्रो सर्किट लागेर ४० किनेटको लागि कारोबार बन्द भएको छ।

बजार खुलेको पहिलो १ मिनेट ३३ सेकेन्डमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेको थियाे भने त्यसपश्चात खुलेकाे बजारमा नेप्से ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेको हो।

मौद्रिक नीतिपछि नेप्सेमा सकारात्मक प्रभाव देखिएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको थियो । मौद्रिक नीतिले मार्जिन प्रकृतिको सेयरधितो कर्जाको संस्थागत तर्फको २० करोडको सीमा खारेज गरेसँगै सेयर बजारमा उत्साह थपिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री