सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिनुभयो ?
समयपोष्ट
२०८१ साउन ८ गते ९:२९
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीको एफपीओ खरिदका लागि साउन ८ गतेसम्म आवेदन दिन सकिने र सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा साउन १८ गतेसम्म बिक्री लम्बिने व्यवस्था भएकोमा सोमबारसम्ममा नै ४०५ गुणाभन्दा बढी आवेदन परेकोले आज आवेदन बन्द हुने छ। गत शुक्रबारदेखि निष्काशन गरिएको एफपीओमा हालसम्ममा १ करोड ८९ लाखभन्दा बढी कित्ताका लागि आवेदन परेको छ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा बराबरको ४६ हजार ७२९.५४५० कित्ता शेयर निष्कासन गरेको छ।
प्रतिक्रिया