मंगलबार, ४ कार्तिक २०८२

६१.६१ अंकले बढ्यो नेप्से, पन्ध्र अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच

समयपोष्ट २०८१ साउन ६ गते १५:२९

Advertisement

नेप्से परिसूचक ६१.६१ अंक बढेर २४८५.९४ विन्दुमा पुगेको छ।

आज सेन्सेटिभ इण्डेक्स १३.५३ अंक बढेको छ। फ्लोट इण्डेक्स ४.३३ अंक र सेन्सेटिभ इण्डेक्स ४.३३ अंक बढेको छ।

आज १५ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ। आज ३१५ स्टकको १ लाख ७७ हजार ४६७ पटकको कारोबारमा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँबराबरको ४ करोड ११ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.८० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ।

Advertisement

आज ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त वित्तीय संस्था, हिमालयन बैंक र गणपति लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन सिक्लेस हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो होटलको यस दिन ३४ करोड १० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको साढे ३० करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने कुमारी बैंकको करिब २८ करोडको शेयर किनबेच भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री