बुधबार, ५ कार्तिक २०८२

शेयर बजारमा उत्साह, साता मै १० प्रतिशत बढ्यो नेप्से

समयपोष्ट २०८१ साउन ५ गते ८:१३

Advertisement

नयाँ सरकार गठनसँगै यो साता शेयर बजारमा उत्साह छाएको छ । अर्थमन्त्रीमा लगानीकर्ताहरुले रुचाएका विष्णु पौडेलको आगमनले लगानीकर्ताहरुको आत्मबल बढाएको छ।

यस साता नेप्से परिसूचक ९.९७ प्रतिशत अर्थात २१९.७१ अंक बढेर २४२४.३२ विन्दुमा पुगेको छ। गत साता २२०४.६१ विन्दुमा बन्द भएको थियो ।

साताका ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नै नेप्से परिसूचक उच्च अंक बढेको थियो भने एक कारोबार दिन सामान्य अंकको करेक्सन भएको थियो। यस साताको दोस्रो कारोबार दिन नेप्सेमा करेक्सन देखिएको थियो। यस साता सेन्सेटिभ इण्डेक्स ११.३६ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स १०.६८ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ११.७३ प्रतिशत बढेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि उल्लेख्य बढेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ७९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १० अर्ब ६२ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ८३.५२ प्रतिशत अर्थात ४ अर्ब ८३ करोड रुपैयाँ बढी हो। गत साताको तुलनामा यस साताको दैनिक औषत शेयर संख्या १०२.२७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ७७.५१ प्रतिशत बढेको छ।

Advertisement

नेप्सेको कुल बजार पूँजीकरण पनि यस साता १० प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३४ खर्ब ९६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ३ खर्ब ४९ अर्ब रुपैयाँ बढेर ३८ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १३.९९ प्रतिशत बढेको छ। गत साता १९४.९५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १६७.२१ अंक बढेर १३६२.१६ विन्दुमा पुगेको छ।

अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ७८२.१६ अंक बढेको छ। गत साताको अन्तिम कारोबार दिन ११,१४२.२१ विन्दुमा बन्द भएको नेप्से, यस साता ११,९२४.३७ विन्दुमा पुगेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सबैभन्दा कम ४ प्रतिशत बढेको छ।

यस साता आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक ३३.४० प्रतिशत बढेको छ। त्यस्तै, यस साता रिडी पावरको शेयरमूल्य साढे २९ प्रतिशत बढेको छ भने सिक्लेस हाइड्रोपावरको शेयरमूल्य करिब २८ प्रतिशत बढेको छ। यस साता मूल्य घटेका स्टकहरुको सूचीमा अधिकांश ऋणपत्र र म्युचुअल फण्ड रहेका छन्।

फ्लोरसिट विश्लेषणका आधारमा यस साता एनआईबिएल ग्रोथ फण्ड, उपकार लघुवित्त वित्तीय संस्था, चिरख्वा हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड २, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, उन्नती सहकार्य लघुवित्त लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री