सोमबार, ५ साउन २०८२

५४.०४ अंकले बढ्यो नेप्से, १२ अर्ब रुपैयाँ भन्दा बढीको कारोवार

समयपोष्ट २०८१ साउन २ गते १५:२३


बुधबार नेप्से परिसूचक ५४.०४ अंक बढेर २३६४.६३ विन्दुमा पुगेको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स १०.२५ अंक बढेको छ । फ्लोट इण्डेक्स ३.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५५ अंक बढेको छ।

यस दिन ३०६ स्टकको १ लाख ४९ हजार ६८१ पटकको कारोबारमा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबरको ३ करोड २० लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन पनि १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.३० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे ५ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन सेन्ट्रल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो फाइनान्सको शेयरमूल्य यस दिन ५४ रुपैयाँ ९० पैसा बढेर ६०३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सिंगटी हाइड्रो इनर्जी, आँखुखोला जलविद्युत कम्पनी, मन्दाकिनी हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। कारोबारमा आएको सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य यस दिन सर्वाधिक ९.९० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिंगटी हाइड्रो नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ५५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको करिब २३ करोडको शेयर खरिदबिक्री भएको छ भने सोनापुर मिनरल्स एण्ड आयल र हिमाल दोलखा हाइड्रोपावरको कारोबार रकम २० करोड नाघेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री