मंगलबार, २४ असार २०८२

बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले काट्यो जगदम्बा सिन्थेटिक्स र हुलास स्टीलको बिजुली

समयपोष्ट २०८१ असार २७ गते १४:५५

Advertisement

नेपाल विद्युत् प्राधिकरणले बक्यौता तिर्न बाँकी जगदम्बा सिन्थेटिक्स र हुलास स्टीलको विद्युत् काटेको छ ।

जगदम्बाले १६ करोड ४ लाख रुपैयाँ र हुलासले ११ करोड २९ लाख रुपैयाँ विद्युत् बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

मङ्गलवार प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्ट विद्युत् काटेको थियो । रिलायन्स ६० करोड २९ लाख, घोराही र अर्घाखाँची सिमेन्ट क्रमशः ४० करोड ६८ लाख र ३५ करोड ८८ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

यससंगै प्राधिकरणले हालसम्म ५ वटा उद्योगको लाइन काटेको छ । प्राधिकरणले बक्यौता तिर्न बाँकी रहेको उद्योगहरूको क्रमशः लाइन काट्ने जनाएको छ।

Advertisement

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म ६१ वटा उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रंकलाइनको ६ अर्ब ६० करोड बक्यौता तिर्न बाँकी रहेको बताएको छ । त्यसको जरिवानासहित करिब साढे ८ अर्ब हुन आउँछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री