बिहीबार, १ साउन २०८२

प्रभु महालक्ष्मी लाइफको ६० हजार ९८० कित्ता संस्थापक सेयर बिक्रीमा

समयपोष्ट २०८१ असार २१ गते ११:००

Advertisement

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले दुईजना संस्थापक शेयरधनीहरूको नाममा रहेको ६० हजार ९८० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले हाल संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

Advertisement

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री