सोमबार, ७ जेठ २०८१

क्लासिक टेकको चौधौं वार्षिकोत्सव सम्पन्न

समयपोष्ट २०८० साउन १२ गते १८:०३

Advertisement

देशकै अग्रणी तथा ठुलो ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले स्थापनाको चौधौं वार्षिकोत्सव मनाएको छ ।

सो अवसरमा कम्पनीले सम्पूर्ण कर्मचारी, ग्राहक, प्राविधिक, व्यवस्थापन समुह, विभिन्न आपूर्तिकर्ता तथा सेवा प्रवाह कम्पनी, नियामक निकाय तथा यस कम्पनीलाई सहयोग, सद्भाव र मार्गदर्शन प्रदान गर्ने सम्र्पूण सरकारी, गैर–सरकारी संघसंस्था, बिषयगत निकाय, सेवा प्रदायक तथा वित्तिय संघसंस्थाहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

कम्पनीले विगत बर्षहरु झैं आगामी दिनहरुमा पनि सोही प्रकारको सहयोग, सद्भाव, मार्गनिर्देशन प्राप्त हुने अपेक्षा गरेको छ ।

सन् २००९ मा स्थापना भई सेवा शुरु गरेको सो कम्पनीले हाल देशभरका ७४ जिल्लाहरुमा १०० वटाभन्दा बढी आउटलेट बाट सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीले ग्राहकहरुको सुविधाको लागि आफनै सीडीएन सर्भर जडान गरि फेसबुक, युट्युब, नेटफ्लिक्स, गूगल, अकमाई जस्ता सामाजिक संजालहरु मार्फत गुणस्तरीय तथा भरपर्दोसेवा प्रदान गर्दै आएको जनाएको छ ।

Advertisement

कम्पनीले विराटनगर र काठमाण्डौंमा डेटा ब्याक अप सेण्टर स्थापना गरेको जनाउँदै छोटो अवधिमा अत्याधिक लोकप्रिय ईन्टरनेट सेवा प्रदान गर्न सफल भएको जनाएको छ । त्यस्तै कम्पनीको सेवा विस्तारको माध्यमबाट दुर्गम ग्रामिण ईलाकामा सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको जनाएको छ ।

कम्पनीले यस प्रकारको सेवा प्रवाहबाट सेवाग्राहीहरुलाई आवश्यकिय ईन्टरनेट सेवा प्रदान गर्दै कम्पनीमा कार्यरत प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीको सिर्जना र राजस्व मार्फत देशको अर्थतन्त्रलाई टेवा पुर्याउन सहयोग गर्ने दीर्घकालीन लक्ष्य रहेको जनाएको छ ।

कम्पनीले डुअल ब्याण्ड राउटर र आइ पि टि भी जस्ता प्रविधिको प्रयोगबाट सेवामा थप गुणस्तरीयता थपिएको जनाएको छ । साथै १४ औं बार्षिकोत्सवको अवसरमा ५०, ७५, १००, २०० र ३०० एम बी पी एस ईन्टरनेट प्लानहरु अत्याधिक छुटमा वितरण गरिदैं आईरहिएको समेत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री