सोमबार, ७ जेठ २०८१

हिताचीले नेपाली बजारमा ल्यायो नयाँ वासिङ मेसिन, रेफ्रिजेरेटर र राइस कुकर

समयपोष्ट २०८० साउन १० गते १९:३३

Advertisement

युनिभर्सल इलेक्ट्रोकम प्रा.लि, नेपालको लागि हिताची होम अपलायन्सको आधिकारिक वितरकले थप चारवटा विशेष होम अपलायन्सको उत्पादनका विभिन्न प्रकारहरु नेपाली बजारमा ल्याएको छ ।

हिताचीका नयाँ उत्पादनहरुको उद्घघाटन संयुक्त रुपमा अर्सेलिक हिताचीका एक्सपोर्ट सेल्स हेड एल्भिन थाम, यूनिभर्सल इलेक्ट्रोकमका कार्यकारी निर्देशक सञ्जय अग्रवाल र महाप्रबन्धक आयास जोशीद्वारा अनावरण गरिएको छ । कम्पनीले नवप्रवर्तन र ग्राहकको खुशीको लागि आफ्नो प्रतिबद्धता जनाउँदै, नवीन प्रविधि युक्त दुई वासिंग मेसिन, एक डबल–डोर फ्रिज र राइस कुकर सहित चार वटा नयाँ हिताचीका उत्पादनहरू बजारमा भित्राएको छ ।

नवीन प्रविधि युक्त वासिंग मेसिन

हिताची वासिंग मेसिन नयाँ अनावरणको मुख्य आकर्षण रहेको छ । यसमा प्रयोगकर्ता–मैत्री डिजाइन को साथमा साथमा उन्नत प्रविधिको संयोजन सहितको सुविधाहरू समावेश गरिएको छ । यस वासिंग मेसिन दुई ओटा भिन्न मोडलहरुमा उपलब्ध हुने छन् – जसमा ८ केजीको क्षमता BD–802HVOS मा रहेको छ भने ९ केजीको क्षमता BD–802HVOS मा रहेको छ । यी दुवै मोडेलहरुमा फुल अटोमेटिक र फ्रन्ट–लोडिङको प्रभावकारी विशेषता रहेको छ जसले गर्दा झन्झटमुक्त लुगा धुने अनुभव प्रदान गर्नेछ । साथमा स्टीम फंक्शन, ट्याङ्गल–फ्री फिनिश डिजाइन, र “एड गार्मेन्ट ड्युरिङ वाश” सुविधाको साथ, लुगा धुन अझै सजिलो हुनेछ ।

Advertisement

यी दुवै फ्रन्ट–लोडिङ, पूर्ण स्वचालित वासिंग मेसिनहरू, नवीन प्रविधि र प्रयोगकर्ता–केन्द्रित सुविधाहरूको संयोजनको साथ डिजाइन गरिएको छ जसले गर्दा कपडा धुने अनुभवलाई पुनः परिभाषित गर्नेछ । यी वासिंग मेसिनहरूले दाग–धब्बा हटाउने (Stain Optimization), प्रि–वास र बेबी केयर विकल्पहरू सहित १६ विभिन्न प्रोग्रामहरूको साथ लुगा धुने मागहरूको विस्तृत दायरा पूरा गर्छन् । अटो डोर क्लीन विशेषताले सफाई र स्वच्छता कायम राख्छ, जबकी एन्टी–रिङ्कल विशेषताले कपडालाई पूर्ण रूपमा इस्त्री गरेको सरह मुलायम र जुनै समयमा लगाउनको लागि तयार राख्छ ।

अत्याधुनिक रेफ्रिजरेसन समाधान

हिताची डबल–डोर फ्रिज, मोडेल HRTN5275MFPSVKH, आधुनिक रेफ्रिजरेसन प्रविधिको चमत्कार हो । खानालाई लामो समयसम्म ताजा र स्वादिष्ट राखेर, यो फ्रिजले खाद्य संरक्षणलाई पुनः परिभाषित गर्दछ । यो रेफ्रिजरेटरमा २७५ लिटरको विशाल क्षमता छ , चिसो हावा वितरणको लागि राउण्ड एयर कुलिङ तथा गन्ध र ब्याक्टेरियाबाट छुटकारा पाउन ट्रिपल पावर फिल्टर जडित छ । फ्लेक्सिबल फ्रेश सेलेक्ट फिचरले उपभोक्ताहरूलाई आफ्नो भण्डारण आवश्यकताहरू पूरा गर्न फ्रिजको खण्डलाई रुचि अनुसार निजीकृत गर्न सहज बनाउँछ । फ्रिजमा तातो र स्क्र्याच–प्रतिरोधी टेम्पर्ड ग्लास शेल्फहरू पनि छन जसले गर्दा यी फ्रिजहरुको व्यावहारिकता र फैशनेबल अपीललाई थप बढाउँछ । यसमा रहेको प्रत्येक सेल्फहरुमा १०० के. जी. सम्मको भार थेग्न सक्ने क्षमता रहेको छ ।

राइस कुकरको साथ खाना पकाउने सरलता

हिताची राइस कुकर, मोडल RZ–S18MM W, हालै मात्र थपिएको हिताचीको नयाँ उत्पादन हो । यसको उत्पादन खाना पकाउने दिनचर्यालाई अझै सहज र सजिलो बनाउन गरिएको हो । यो ८००–वाट को राइस कुकरमा १.८ लिटर क्षमता रहेको छ र यसमा रहेको 3D हिटिङ एलेमेन्टले जुनसुकै बेला चामल पाक्ने सुनिश्चित गर्दछ ।

१२ –घण्टा सम्म खाना ताती रहने विशेषताले खानालाई दिनभर तातो र ताजा राख्छ भने १.५ मिमी नन–स्टिक भित्री भाँडोले खाना पस्किन र सरलताका साथ सफाई गर्न मदत गर्दछ । यसका सरल फंङ्सन बटनहरू,LED light डिस्प्ले र स्वचालित यान्त्रिक खाना पकाउने विधिले गर्दा, जसले पनि निर्बाध तरिकाले स्वादिष्ट खान पकाउन सक्छन् ।

नवीनताका साथ मजबुत विश्वास

युनिभर्सल इलेक्ट्रोकम प्रा. लि. ले हिताचीको नयाँ उत्पादन लाइन सार्वजनिक गरेसँगै नेपाली घरपरिवारका लागि महत्वपूर्ण प्राविधिक फड्को मारेको प्रतीक गर्दछ । राइस कुकर, वासिंग मेसिन, र डबल–डोर रेफ्रिजरेटरहरू सबैले तिनीहरूको अत्याधुनिक सुविधाहरू र प्रयोगकर्ता–अनुकूल डिजाइनहरूको साथ समकालीन जीवनको लागि स्तर बढाउने लक्ष्य राख्छन् । यस कार्यक्रममा श्री एल्भिन थामको उपस्थितिले ब्रान्डको गुणस्तर प्रतिको समर्पणलाई उजागर गर्दछ र ग्राहकहरूलाई यी उपकरणहरूले उहाँहरूको अपेक्षाहरू पूरा गर्ने र राम्रो परिणाम दिने ग्यारेन्टी दिन्छ । युनिभर्सल इलेक्ट्रोकम पनि नेपाली बजारमा आर्सेलिक हिताचीको क्रान्तिकारी र उच्चस्तारिय घरेलु उपकरणहरू उपलब्ध गराउन पाउँदा हर्षित छ । यी प्रतिष्ठित उद्यमहरूको साझेदारीले प्रविधि र सहजताको प्रभाव मार्फत नेपाली परिवारहरूको जीवन परिष्कृत गर्ने साझा उद्देश्यलाई प्रतिनिधित्व गर्दछ ।

हिताची घरायसी उपकरणहरूको बारेमा
हिताची अग्रगामी विश्वव्यापी व्यमवसायिक हो, जुलाई १, २०२१ मा आरसेलिकसँग संयुक्त उद्यम पछि हिताची ग्लोबल लाइफ सोलुशन्स इंक ले संयुक्त उद्यमको विश्वव्यापी आपूर्तिलाई अनुकुलन गर्न र बजारमा आफ्नो प्रतिस्पर्धीहरुलाई सुदृढ गर्न उनीहरूले अनुसन्धान र विकास जस्ता प्रमुख क्षेत्रहरूमा आफ्नो विशेषज्ञतालाई जोडेका छन् । आरसेलिक ले लगातार आफ्नो घरायसी उपकरण व्यवसायलाई विश्वभरका १५० देशहरूमा विस्तार गरेको छ। कम्पनीले युरोपमा उल्लेखनीय वृद्धि गरेको छ र पछिल्लो दशकमा आफ्नो व्यवसायमा दक्षिण एसियामा बलियो वृद्धि हासिल गरेको छ। हिताची जीएलसले मुख्यतया दक्षिण पूर्व एसिया र मध्य पूर्वमा आफ्नो गृह उपकरण व्यवसाय सञ्चालन गर्दै आएको छ, यहाँ यसले उच्च स्तर ब्रान्डको छविको आनन्द लिन्छ ।
युनिभर्सल इलेक्ट्रोकम प्रा. लि. को बारेमा
५० वर्ष अघि स्थापना भएको रमेश कर्प नेपालकै एक ठुलो निजि औधोगिक र व्यापारिक समुह हो । रमेश कर्पको नेपालमा उत्पादन, वित्तियसेवा, घरजग्गा, जलविद्युत, खानि, मोबाइल फोन, लगानी, निर्माण जस्ता विस्तृत क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाएको छ । कम्पनीले आफ्ना व्यावसायिक अभ्यासहरुमा Forward together “संगै अघि बढौ” भन्ने मुल नारा लाई आत्मसात गरेको छ । आफ्ना ग्राहकहरु, कर्मचारीहरू, लगानीकर्ताहरू, र साझेदारहरूका साथै रमेश कर्पले राष्ट्रको जीवनलाई सशक्त र समृद्ध बनाउने आकाङ्क्क्षा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री