आइतबार, ६ जेठ २०८१

सिजिनेटले ल्यायो आकर्षक आरआरआर अफर

समयपोष्ट २०८० साउन ९ गते १९:१४

Advertisement

सिजीनेटले आर आर आर (रिफर,रिदम,रिपिट) नामक उत्कृष्ट अफर ल्याएको छ ।

जस अन्तर्गत सिजिनेटको इन्टरनेट सेवा अरुलाई रिफर गर्ने र रिफर भएका दुवैले एक महिना सित्तैमा इन्टरनेट चलाउन पाउनेछन् । साथै यसै अफर अन्तर्गत हरेक रिफररले अफरको अन्त्यमा अन्य आकर्षक उपहार पनि पाउनेछन् ।

आर आर आर अफर अन्तर्गत रिफर गर्ने र रिफर हुने दुवैले अफर अवधिमा गरिएका प्रत्येक सफल रिफरलमा एक महिनाको निस्शुल्क इन्टरनेट प्राप्त गर्ने मौका पाउँनेछन् । यसका साथै ३ जना सम्म रिफर गर्नले उच्च गुणस्तरको एयर पड्स र ६ जनालाई रिफर गरेर इन्टरनेट जोडाउनेलाई स्मार्ट वाच प्रदान गरिनेछ ।

सिजीनेटका उत्पादन प्रबन्धक करुणेश गुप्ता भन्छन् , “हामी हाम्रा मूल्यवान ग्राहकहरूलाई च्च्च् अफर प्रस्ताव गर्न पाउँदा उत्साहित छौं र हाम्रा हितैषी ग्राहकहरुलाई उहाँहरुको सहयोग र हाम्रो भरपर्दो इन्टरनेट सेवाहरूको बारेमा प्रचार गरेकामा पुरस्कृत गर्नु पर्दछ भन्ने कुरामा विश्वास राख्दर्छौं” ।

Advertisement

आर आर आर अभियानमा सहभागी हुन थप प्रोत्साहनको रूपमा, सिजीनेटले प्रस्तावको ४५ दिनको अवधिभर शीर्ष तीन उच्च रिफररहरूलाई ट्र्याक गर्नका लागि लिडरसिप बोर्ड लागू गरेको छ । यस अवधिभरमा सफल्तापूर्वक सबै भन्दा बढी रिफर गर्ने ३ जना मध्ये सबै भन्दा बढी रिफर गर्नेलाई मेघौली सेराई रिसोर्टको यात्रा प्याकेज प्रदान गरिनेछ भने दोस्रो(उच्चतम रिफररले अत्याधुनिक ४३ इन्चको स्मार्ट टिभी प्राप्त गर्नेछ र तेस्रो(उच्चतम रिफररलाई ३२ इन्चको स्मार्ट टिभी प्रदान गरिनेछ ।

लिडरसिप बोर्डले आर आर आर अफरको मैत्री प्रतिस्पर्धालाई सुनिश्चित गर्दछ र ग्राहकहरूलाई सहभागी हुनलाई थप प्रोत्साहन गर्नेछ । ४५ दिनसम्म चल्ने यस च्च्च् अफरले ग्राहकहरूलाई आफ्ना साथी, परिवार र सहकर्मीहरूलाई सिजीनेट परिवारमा सामेल हुन निमन्त्रणा गर्न र यस सुनौलो अवसरको फाइदा उठाउनलाई हौसाउनेछ ।

अन्य इन्टरनेट सेवा प्रदायकहरू भन्दा फरक, ऋन्ल्भ्त् को च्च्च् प्रस्ताव एक अद्वितीय र विशेष सन्दर्भ प्रस्तावको रूपमा खडा छ। धेरै इन्टरनेट सेवा प्रदायकले केवल इन्टरनेट सेवा मात्र प्रदान गर्दा, ऋन्ल्भ्त् ले भने आफ्ना ग्राहकहरूलाई रिफरल कार्यक्रम मार्फत पुरस्कृत गर्ने योजना बनाएको हो । हाल, बजारमा अन्य कुनै इन्टरनेट सेवा प्रदायक छैनन् जसले रिफर गर्ने र रिफर हुने दुवैका लागि यस्तो व्यापक र आकर्षक अवसर प्रदान गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री