आइतबार, ६ जेठ २०८१

‘डिशहोम गो’ एपमा चर्चित कोरियन सिरिज मेला

समयपोष्ट २०८० साउन ९ गते १९:०२

Advertisement

डिशहोमले ‘डीएच गो एप’ मा लोकप्रिय कोरियन सिरिजहरू समावेश गरेको छ ।

नेपाली युवाहरूको मनोरञ्जनलाई ध्यानमा राखेर डिशहोमले ‘डीएच गो एप’ मा कोरियन सिरिजहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।

विश्वभरिका युवा पुस्ता माझ लोकप्रिय कोरियन सिरिज पछिल्लो समय नेपाली युवा पुस्ता माझ पनि लोकप्रिय बन्दै गइरहेको पाइएको छ ।​ Goblin, The Lonely and Great God, My Little Baby, Richman, King in the love, Melting Heart, Kill Me Heal Me आदि चर्चित कोरियन सिरिजहरू डिशहोमको ‘डीएच गो एप’ मा उपलब्ध रहेको छ ।

कोरियन सिरिजहरूले नेपाली दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । यस्तै डिशहोमको ‘डीएच गो एप’मा १५० भन्दा बढी लाइभ टीभी च्यानलहरू पनि हेर्न सकिन्छ ।

Advertisement

सात दिनसम्मको क्याचअप सुविधा रहेको यो एपमा टीभीमा प्रशारण भएका कन्टेन्टहरू हेर्न छुटेमा सात दिन अगाडिसम्मको कन्टेन्ट फेरि हेर्नस किन्छ ।

‘डिशहोम गो’ एपमा लाइभ टीभीसँगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपाली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरू हेर्न सकिन्छ ।

ग्राहकहरूलाई थप मनोरञ्जन प्रदान गर्नका लागि नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरू पनि थप्दै जाने कम्पनीको योजना छ । यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री