केन्द्रीय बैंकले २७ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने
समयपोष्ट
२०८० असार २५ गते ११:०६
केन्द्रीय बैंकले २७ अर्ब ६० करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरी बिलको नवीकरण गर्ने भएको छ ।
आइतबार दिउँसो राष्ट्र बैंकले यसअघि जारी २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरीको नवीकरण गर्न लागेको हो ।
राष्ट्र बैंकले २८ दिने ट्रेजरीमा ५ अर्ब रुपैयाँ, ९१ दिनेमा ८ अर्ब रुपैयाँ, १८२ दिनेमा ६ अर्ब र ३६४ दिनेमा ८ अर्ब ६० करोड गरी कूल २७ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी आज नवीकरण हुने जनाएको छ ।
प्रतिक्रिया