बिहीबार, २७ वैशाख २०८१

लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबिच नगद रहित सेवा प्रदान गर्ने सम्झौता

समयपोष्ट २०७९ साउन ११ गते १८:००

Advertisement

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रालि, बुटवलबिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा।लि, को तर्फबाट प्रबन्धक निर्देशक भिम प्रसाद तुलाचनले हस्ताक्षर गर्नु भएको छ ।

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमा लेखको सीमासम्म लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रालिबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्नु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री