बिहीबार, १३ वैशाख २०८१

गुराँस लाइफद्धारा एकैदिन दुई वटा मृत्यु दाबी भुक्तानी

समयपोष्ट २०७९ साउन ५ गते २०:५९

Advertisement

गुराँस लाइफ इन्स्योरेन्स क.लिले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले रौतहट,देवाही गोनाही नगरपालिका वडा नं.०१ बस्ने, शेष अनसारुल हकको मृत्यु दावी वापतको रकम इच्छाइएको व्यक्ति निजकी श्रीमती समसा खातुनलाई तेह्र लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

साथै तेह्रथुम जिल्ला, फेदाप गाउँपालिका वडा नं. ०२ बस्ने, वर्ष ३५ को हेमराज लिम्बुको मृत्यु दावी वापतको रकम निजकी श्रीमती कौशिला लिम्बुलाई सोही परिमाणको रकम चेक हस्तान्तरण गर्नुभएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले बीमा समितिले आ.व. २०७८/०७९ लाई बीमा दावी भुक्तानी बर्ष घोषित गरेको र सोही अनुरुप कम्पनीले आ.व. २०७८/०७९ मा दर्ता भएका सम्पुर्ण मृत्यु दावी फछ्र्यौट गरि सो आ.व मा मृत्यु दावी भुक्तानी गर्न बाँकी नरहेको जानकारी गराउनुभयो । साथै यस आ.व. मा पनि सोही अभियानलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री