आइतबार, १६ वैशाख २०८१

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाईका लागि आवेदन दिने आज अन्तिम मिति

समयपोष्ट २०७९ साउन ४ गते ९:१४

Advertisement

ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बिक्री खुल्ला गरेको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाईका लागि आवेदन दिने आज अन्तिम मिति रहेको छ ।

क्यापिटलले असार २२ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित मुल्यमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको थियो ।

निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशतमध्ये १.५० प्रतिशत वा १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र बाँकी १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवर्धक ग्लोबल आइएमई बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा ल्याएको हो ।

उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ ।

ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा छिटोमा असार २६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। तर पर्याप्त आवेदन नपरेका कारण क्यापिटलले समय थप गरेको थियो।

१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।

ग्लोबल आइएमई क्यापिटल ग्लोबल आइएमई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री