आइतबार, २३ वैशाख २०८१

एसियन लाइफले सार्वजनिक गर्यो नयाँ बोनस दर

समयपोष्ट २०७९ साउन ३ गते ११:५८

Advertisement

एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नयाँ बोनस दर सार्वजनिक गरेको छ।

कम्पनीले मंगलबार एक सुचना जारी गर्दै बीमा समितिबाट साउन १ गते बीमांकीय प्रतिवेदन स्वीकृत भएपछि  बोनस दर सार्वजनिक गरेको जनाएको छ ।

सार्वजनिक भएको नयाँ बोनसदर अनुसार सावधिक तथा आजीवन बीमालेखमा सुरुवातदेखि १४ वर्षको अवधिका लागि प्रतिहजार ५० रुपैयाँ बोनस दर छ। १५ देखि १९ वर्ष अवधिलाई ५५ रुपैयाँ छ। २० देखि २४ वर्ष अवधिका लागि ६० रुपैयाँ र २५ वा सोभन्दा माथिका अवधिलाई ७५ रुपैयाँ बोनस दर कायम गरिएको छ।

बालबालिकाको सावधिक जीवन बीमालेखअन्तर्गत १ देखि १४ बर्ष अवधिका लागि ४० रुपैयाँ बोनस दर तोकिएको छ। १५ देखि १९ वर्ष अवधिको लागि ४५ रुपैयाँ छ।

Advertisement

२० देखि २४ वर्ष अवधिका लागि बीमितले ५३ रुपैयाँ पाउने छन्। २५ वर्षभन्दा माथिको अवधिका लागि ६० रुपैयाँ बोनस दर छ। सावधिक जीवन बीमालेखको बोनस दर न्युनतम ४० देखि अधिकतम ६० रुपैयाँ छ।

त्यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० वर्षे अवधिका लागि ५० रुपैयाँ बोनस दर छ। १२ वर्षेका अवधिलाई ५०, १५ वर्षका लागि ५५, १८ वर्षका लागि ६०, २० वर्षका लागि ६५ र २५ वर्ष अवधिलाई ७० रुपैयाँ तोकिएको छ।

नवरत्न, जीवन संजीवनी, दम्पती सुरक्षा प्लस, एसियन वार्षिक धनलाभ अन्तर्गत ० देखि १५ वर्षका अवधिको लागि ४० रुपैयाँ बोनस दर छ। १५ देखि १९ वर्ष अवधिका लागि ४२ रुपैयाँ २० देखि २४ वर्षको लागि ५० रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ६० रुपैयाँ नयाँ बोनस दर कायम गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री