आइतबार, २३ वैशाख २०८१

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको एकिकृत कारोबार शुरू

समयपोष्ट २०७९ साउन १ गते ११:२३

Advertisement

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबार शुरू भएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दुई कम्पनीले एकिकृत कारोबारको शुभारम्भ गरेका हुन् ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले संयुक्त कारोबारको समुद्घाटन गरेका छन् । मर्जर पछि कम्पनीको सञ्चालक समितिको अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ बनेका छन् ।

प्रमुख कार्यकारी अधिकृतमा विजय बहादुर शाह रहेका छन् । मर्जरपछि एभरेष्ट इन्स्योरेन्स कम्पनीका सिइओ कमल गौतमले अवकास लिएका छन् ।

Advertisement

हिमालयन र एभरेष्ट विचमा एक बराबर ०.८५ को अनुपातमा मर्जर भएको हो । एकिकृत कारोबारपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । कम्पनीकाे ३ अर्ब २५ करोड प्रिमियम र ७५ वटा शाखा हुनेछन् । यस्तै, कुल कर्मचारीको संख्या ४४४ रहेनछ । यो मर्जर नेपालको बीमा क्षेत्रकै पहिलो सफल मर्जर हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री