बिहीबार, ६ वैशाख २०८१

भोक्सवागेनको उत्सर्जन सफ्टवेयर अवैध रहेको ठहर

समयपोष्ट २०७९ असार ३० गते १९:४६

Advertisement

युरोपेली अदालत (सीजेईयू) ले बिहीबार भोक्सवागेन डिजेल गाडीहरूमा राखिएको सफ्टवेयर अवैध रहेको फैसला गरेको छ ।

निश्चित तापक्रममा प्रदूषण उत्सर्जन फिल्टरलाई निष्क्रिय बनाउने उक्त सफ्टवेयर अवैध भएको घोषणाले प्रभावित ग्राहकहरूका लागि क्षतिपूर्तिको बाटो खोलिदिएको छ ।

“वर्षको अधिकांश समयमा सामान्य तापक्रममा उत्सर्जन नियन्त्रण प्रणालीको प्रभावकारिता कम गर्ने डिजेल गाडीको सफ्टवेयर निषेधित उपकरण हो,” यूरोपेली अदालतको फैसलामा उल्लेख गरिएको छ ।

तापक्रम १५ भन्दा कम र ३३ डिग्री सेल्सियस (५९ डिग्री फारेनहाइट) भन्दा बढी हुँदा सफ्टवेयरले फिल्टरिङलाई कम गर्छ वा पूर्णतया निष्क्रिय पार्छ ।

अदालतले आफ्नो फैसलामा भनेको छ, “यूरोपेली मापदण्ड स्तरमा तोकिएको उत्सर्जन सीमा १५ डिग्री सेल्सियसभन्दा निकै कम भए पनि यसलाई नियमन गर्नुपर्ने उल्लेख छ ।”

सन् २०११ देखि सन् २०१३ को बीचमा भोक्सवागन गाडी किनेका क्रेताहरूको गुनासोपछि अस्ट्रियाको सर्वोच्च अदालत र दुई क्षेत्रीय अदालतहरूले सीजेयूमा मुद्दा दायर गरेका थिए ।

यस फैसलाको प्रतिक्रियामा जर्मन सवारीसाधनले आफ्नो गाडीमा प्रयोग गरिने ‘थर्मल विन्डो’ ठीक रहेको दावी गरेको छ । कम्पनीले भनेको छ, “तिनीहरूले क्षति वा दुर्घटनाको रूपमा इन्जिनको तत्काल जोखिमबाट जोगाउँछन् ।”

“कार्यवाहीबाट प्रभावित ईए–१८९ गाडीको निकासबाट आउने ग्यास पुनः १० डिग्री सेल्सियसको बाहिरी तापक्रमसम्म शतप्रतिशत सक्रिय भएको र यसरी वर्षको अधिकांश समयमा यो प्रयोगका लागि कानुनसम्मत हुनेछ, कम्पनीले भनेको छ ।

भोक्सवागनले अदालतको निर्णयको प्रभाव ‘सामान्य’ हुने विश्वास गरेको छ ।

राष्ट्रिय अधिकारीहरू र अदालतहरूले अझै पनि उक्त सफ्टवेयर प्रयोग गर्न जायज छ कि छैन भन्ने बिषयमा निर्णय गर्नुपर्र्ने दावी कम्पनीको रहेको छ ।

“थर्मल विन्डो’का कारण भएको क्षतिको कथित दाबीलाई आधार बनाउने कानुनी कार्यहरू असफल भइरहेका उसले जनाएको छ ।

भोल्क्सवागन समावेश भएको छुट्टै ‘डिजेलगेट’ काण्डमा ४५ हजारभन्दा बढी शिकायतकर्ताको प्रतिनिधित्व गर्ने जर्मन वकिल क्लाउस गोल्डेनस्टीनले बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “आजको निर्णयसँगै भोक्सवागन फेरि एकपटक गाडीको निकासबाट आउने ग्यास काण्डमा फसेको छ ।”

सन् २०१५ मा सुरु भएको ‘डिजेलगेट’ काण्डमा, भोक्सवागनले उत्सर्जन परीक्षणको लागि लाखौं डिजेल गाडीहरूमा छली गरेको स्वीकार गरेको छ ।

यस काण्डले थुप्रै प्रमुख युरोपेली कार निर्माता तथा कार पूर्जा आपूर्तिकर्ताहरूलाई चोरी सफ्टवेयरको विकासमा तिनीहरूको कथित भूमिकामाथि फन्दामा पारेको छ । एएफपी

प्रतिक्रिया

सम्बन्धित सामाग्री