शनिबार, ८ वैशाख २०८१

एक्साइडको डिलर मिट कार्यक्रम सम्पन्न

समयपोष्ट २०७९ असार २९ गते १९:१९

Advertisement

नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले हालैमात्र डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा एक्साइडका नेपालभरी रहेका १०० भन्दा धेरै डिलरहरु, सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का प्रतिनिधिहरु र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा बिभिन्न बिधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा डिलरहरुलाई स्वागत गर्नुहुदै कम्पनिका सि.ई.ओ. राजन बाबु श्रेष्ठले भन्नुभयो “हामी नेपाली बजारमा निरन्तर अग्रस्थानमा रहिरहन सफल हुनुको प्रमुख कारण भनेको हाम्रा वितरकहरुले हामिलाई गर्नुभएको अगाध माया र बलियो विश्वास हो”

देशकै नम्बर एक ब्याट्री ब्यान्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पाङ्ग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ । व्यवसाय सहज तथा प्रभावकारी रूपमा संचालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री