आइतबार, २३ वैशाख २०८१

रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्स गाभिने

समयपोष्ट २०७९ असार २९ गते ११:०१

Advertisement

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको बैठकले सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडसँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रको मस्यौदा स्विकृत गरेको छ ।

सो समझदारी पत्रमा हस्ताक्षर गर्न तथा आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नका लागि कम्पनीका सञ्चालक समितिका सदस्य भरतकुमार तोदीलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।

सोही अनुसार आज बिहान नक्साल आयोजित एक समारोहका बीच रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा रिलायन्स इन्स्योरेन्सको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा इन्स्योरेन्सको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री