शनिबार, ५ जेठ २०८१

शिवम् सिमेन्टद्वारा जोखिम बीमा रकम सहितको मृत्यु बीमा बापतको रकमहरु हस्तान्तरण

समयपोष्ट २०७९ असार २१ गते २०:४८

Advertisement

देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार शिवम् सिमेन्टस् लिमिटेडले ५ लाख बराबरको मृत्यु बीमा सहित दुर्घटना जोखिम विमा बापतको रकमहरु हस्तान्तरण गरेको छ ।

यस अघि दैनिक निर्माण कार्यमा खटिने निर्माण कर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार भन्दा बढी निर्माणकर्मीहरुको रु. ५ लाख बराबरको जोखिम बीमा सहित निर्माण सम्बन्धी प्राविधिक अन्र्तक्रिया कार्यक्रम संचालन गरेको थियो । सोही कार्यक्रममा सहभागी निर्माणकर्मी मध्येबाट पर्न आएको दुर्घटना बीमा माग दाबी वापतको रकम बीमा कम्पनीसंग समन्वय गरी निर्माणकर्मीहरुको घर–घरमा नै गएर शिवम सिमेन्टका कम्पनी प्रतिनिधीहरुले हस्तान्तरण गरेका हो ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपुर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरु को लागि रु ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो । शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो विक्रि क्षेत्र अन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुङ्गा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, गोरखा, तनहु, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुर लगाएतका जिल्लाहरुका निर्माणकर्मी हरुको रु ५ लाख बरबबरको जोखिम बीमा गराएको छ ।

Advertisement

“भरोसा अटुट सम्बन्धको”, “गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा “ क्वालिटीको मामलामा नो कम्प्रमाइज, जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरिय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलो पटक NS Quality award-2019 प्रथमबाट सम्मानीत भएको थियो ।

ओ पि सी सिमेण्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओ पि सी सिमेन्ट बन्न सफल भएको हो ।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा ISI, URS प्रमाणित ISO Certificate प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री