शनिबार, ५ जेठ २०८१

‘आइएमई नेपाल लोकस्टार–२’ पावर बाई जगदम्बा सुपर साइन

समयपोष्ट २०७९ असार १७ गते १०:१९

Advertisement

नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रुपमा जगदम्बा स्टील्स अन्र्तगतको जगदम्बा सुपर साइन जस्तापाता अनुवन्ध भएको छ ।

काठमाडौंमा एक समारोहकाबिच जगदम्बा स्टील्सका महाप्रबन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालले सो सम्बन्धि सम्झौता गरेका छन् ।

लोकस्टारको डिजिटल अडिसन हालै सम्पन्न भएको छ जहाँ हजारौं प्रतिभाहरुले लोकस्टार सिजन २ को उपाधि जित्ने आकांक्षासहित आवेदन गरेका छन् । यी आवेदनमध्येबाट छानिएका प्रतिभासँगै देशका बिभिन्न स्थानमा हुने फिजिकल अडिसनबाट पनि प्रतिभाहरुको छनौट गरिने छ ।

केही दिनमै नयाँ सिजनको सुटिङ प्रारम्भ हुने र साउन महिनाको अन्त्यदेखि हरेक मंगलबार र बुधबार राती ८ बजे कार्यक्रम प्रसारण हुनेछ ।

Advertisement

यसैवीच दोस्रो सिजनका निर्णायकहरुमा कुमार बस्नेतदेखि प्रकाश सपुतसम्मका स्टारहरु छनौट भएका छन् । नेपाली लोकसंगीत शिखर पुरुष कुमार बस्नेत यसपटक नेपाल लोकस्टारको निर्णायकका रुपमा अनुबन्ध भएका हुन् । उमेरले झण्डै ८० बर्ष पुग्न लागेका बस्नेत नयाँ पुस्ताका प्रतिभा तिखार्ने अभिलासा बोकेर लोकस्टारमा निर्णायकका रुपमा अनुबन्ध भएका हुन् ।

यसैगरी चर्चित लोक तथा दोहोरी गायिका ज्योती मगर पनि निर्णाकका रुपमा अनुबन्धित भएकी छन् । पहिलो सिजनमा निर्णायक रहेका रामजी खाँण यसपटक पनि लोकस्टारमा निर्णायककै रुपमा रहनेछन् । यस्तै चर्चित लोक दोहोरी गायक कुलेन्द्र बिश्वकर्मा पनि यो सिजनको निर्णायक छन् ।

लोकस्टार सिजन २ लाई फिल्म एवं रियालिटी शोहरुको सफल निर्देशन गरिसकेका निर्देशक शिमोस सुनुवार निर्देशक, एरेन्जर एवं संगीतकर्मी आशिष अबिरल संगीत निर्देशकका रुपमा अनुवन्धित भएका छन् ।

चर्चित लोकगायक प्रकाश सपुत कार्यक्रम सञ्चालक एवं ब्राण्ड आइकनका रुपमा रहने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री