मंगलबार, १७ असार २०८२

माओवादी केन्द्र मालारानीद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

समयपोष्ट २०७८ साउन १६ गते २०:३०

Advertisement

अशोक खनाल

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मालारानी गाउँपालिका वडा न. ४ अर्घाखाँचीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले नबगठित वडा कमिटीको चयन गर्नुका साथै वडा कार्यलयलाई समेत संचालनमा ल्याएको छ।

भेलाले वडा इन्चार्जमा कृष्ण पोख्रेललाई सर्बसम्मत चयन गर्नुका साथै वडा कमिटीको अध्यक्षमा रामकृष्ण बिक, उपाध्यक्षमा बनिता खनाल,सचिवमा बाबुराम खनाल, कोषाअध्यक्षमा रामु बिक तथा सदस्यहरुमा रमेश खनाल, नारायण पोख्रेल ,डिलाराम बिक,गोपाल सुनार,गोपाल नेपाली, कमल पोख्रेल लगायतकालाई सर्वसम्म्त चयन गरेको छ।

Advertisement

हिरामणि खनालको अध्यक्षतामा शुरु प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका कार्यलय सदस्य राजेन्द्र भुसाल, जिल्ला कमिटी सदस्य एम बि पान्डे, पदम क्षेत्री, शिवलाल कुँवर, वडा न. ३ का वडा अध्यक्ष रोमाहष खनाल, योङ कम्युनिस्ट लिग नेपाल का जिल्ला संयोजक प्रकाश खनाल लगायतको उपस्थित रहेको थियोे ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकतापछि बनेको नेकपापछि पुन: अदालतले आ आफ्नो पार्टीमा फर्काइदिएपछि माओवादी केन्द्र अर्घाखाँचीका अधिकांश वडाहरु आफ्नो वडा कमिटी र वडा कार्यलय सम्पर्क विहिन बनेका थिए ।अहिले माओवादी केन्द्रले जिल्लाको प्रया सबै वड हरुमा नयाँ कमिटी निर्माण गर्नुका साथै आफ्नो पार्टी कार्यलय स्थापना गरि सकेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री