मंगलबार, ११ वैशाख २०८१

भुमिका स्थान नगरपालिकाद्धारा गत आर्थिक वर्षमा सम्पादित कार्यहरुको समिक्षा

समयपोष्ट २०७८ साउन १० गते १८:२८

Advertisement

अशोक खनाल
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले ०७७/०७८ मा सम्पादित योजना कार्यक्रम तथा सेवा प्रबाह सम्बन्धि वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ।

नगरले ०७७/०७८ को कुल बजेट रु. ७११,८६३,०६४ बाट सडक निर्माण , वडा कार्यलय भबन निर्माण ,स्वास्थ संस्था ब्याबस्थापन, तथा स्वास्थ सामाग्री खरिद , महिला / एकल महिला बिषेश अपाङ्ग , जेष्ठ नागरिक , महिला स्वास्थ स्यम सेबिका, पुर्ण सरसफाइ,, बिपद प्रतिकार्य योजना , खानेपानी , काठको पोल मुक्त पालिका , कृषि पशुपालन ,सामाजिक शुरक्षा, प्रधानमन्त्री ग्रामीण बिकाश तथा रोजगार शाखाले गतेको प्रगति विवरण , नापी शाखा ,आलेप शाखा,शिक्षा, आर्थिक प्रशासन तथा योजना शाखाले गरेको प्रगति विवरणको समिक्षा गरेको हो ।

साथै आगामी बर्ष ०७८/०७९ को लागी रु. ८०२,७६३,२०० रकम प्रस्तावित गरिएको प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्रीले जानकारी गराउनु भएको छ भने समिक्षा कार्यक्रममा उठेका प्रश्न हरुको नगर प्रमुख रेशम थापा र नगर उपप्रमुख खडानन्द बेल्बासे ले जबाफ दिनु भएको थियो ।

कार्यक्रममा नगर स्तरीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,सबै वडाका वडा अध्यक्ष हरु वडा सचीवहरु नगरकार्यपालिका का सदस्य हरु नगरपालिका का बिषयगत शाखाका प्रमुख तथा संचारकर्मी हरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री