मंगलबार, ४ वैशाख २०८१

माधव नेपालले भने-ओली सरकारका नराम्रा कुराबाट पाठ सिकेर अघि बढौँ

समयपोष्ट २०७८ साउन १० गते १३:२३

Advertisement

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संसद पुनःस्थापनापछिको पहिलो बैठकमा सहभागी भएका छन् । आइतबारको उक्त बैठकमा बोल्दै नेता नेपालले संसद पुनःस्थापनाका कारण सबैको भेट भएकोमा खुसी ब्यक्त गरे ।

उनले भने, ‘हामी सबैलाई मर्नबाट जोगाइएको छ, संसद फेरि पुनर्जीवित भएका छौं । हामी सबैलाई बधाई छ, हामी एउटा सङ्घर्षबाट सफल भएर भेट भएका छौं । संसद पुनःस्थापना नभएको भए हामी कारोना फैलाउँदै, आफू पनि संक्रमित हुँदै भोट माग्न गाउँ जानुपर्ने अवस्था हुन्थ्यो, त्यसको हामीले अन्त गरेका छौं । अब संसदलाई प्रभावकारी बनाएर लैजानुपर्नेछ।’

नेता नेपालले नयाँ सरकार बनेको र यो सरकारले हिजोको सरकारका नराम्रा कुराबाट सिकेर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री