शुक्रबार, १४ वैशाख २०८१

राज कुन्द्राको अफिसमा छापा, भेटियो लुकाएर राखिएको लकर

समयपोष्ट २०७८ साउन १० गते १२:२२

Advertisement

प्रहरीले राज कुन्द्राको अफिसमा छापा मारेको छ । यसैक्रममा प्रहरीले शनिबार लुकाएर राखिएको लकर फेला पारेको छ । उक्त लकरबाट प्रहरीले विभिन्न कागजात बरामद गरी अनुसन्धान गरिरहेको छ ।

शुक्रबार मजिस्ट्रेट कोर्टले राज कुन्द्रालाई जुलाई २७ सम्म हिरासतमा राख्न आदेश दिएको छ ।

मुम्बई प्रहरीको क्राइम ब्रान्चले शनिबार फेरि कुन्द्राको अन्धेरी वेस्टस्थित भियान कम्पनीको अफिसमा छापा मारेको थियो । यसैक्रममा प्रहरीले लुकाएर राखेको लकर फेला पारेको हो । लकरमा व्यवसाय, क्रिप्टोकरेन्सीका विभिन्न कागजात फेला परेका छन् । प्रहरीले उक्त कागजातहरुको अनुसन्धान गरिरहेको छ ।

राज कुन्द्राकी श्रीमती अर्थात बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग सोधपुछ गरेर क्राइम ब्रान्चले आर्थिक हिनामिनाको पक्षलाई पनि अनुसन्धान गरिरहेको छ । प्रहरीले कुन्द्राले पोर्न फिल्ममार्फत अकुत सम्पत्ति आर्जन गरेका हो वा होइनन् भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री