शनिबार, १५ वैशाख २०८१

कोटेश्वर पुगेर प्रचण्डले माधवलाई भने- ओलीलाई मज्जाले भन्नुभयो ‘धन्यवाद’

समयपोष्ट २०७८ साउन ९ गते १२:५४

Advertisement

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड एमालेका बरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

दुई नेताबीच सत्तारुढ गठबन्धनलाई कायमै राख्ने बारेमा छलफल भएको बताईएको छ । नेपाललाई भेटेर पेरिसडाँडास्थित केन्द्रीय कार्यालय पुगेका अध्यक्ष प्रचण्डले गठबन्धन भत्किन नदिन प्रयास भइरहेको बताए ।

माधव नेपालसँगको भेटमा प्रचण्डले शुक्रबारको भाषणका लागि ‘धन्यवाद’ दिएका छन् । केपी ओलीलाई महाराज भनेकोमा आफूले धन्यवाद दिएको प्रचण्डले बताए । प्रचण्डले भने– हिजो माधवजीले सही भन्नुभयो । महाराजाधिराजले आममाफी दिनुभयो हामी नाच्ने हो कि ! कति मज्जाले भन्नुभयो । बडो सुन्दर व्यंग्यको लागि मैले आज माधवजीलाई भेटेर धन्यवाद पनि दिएँ । गठबन्धन जोगाउन हामी प्रयासमै छौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री