मंगलबार, ६ चैत २०८०

बादलले भने-विचारबाट विचलित भएकाहरू बाहिरिए अब शुद्धिकरण अभियान नयाँ तरिकाबाट शुरू गर्नुपर्छ

समयपोष्ट २०७८ साउन ७ गते १५:०९

Advertisement

नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका नेता राम बहादुर थापा ‘बादल’ ले पार्टीमा शुद्धिकरण अभियान नयाँ तरिकाबाट शुरू गर्नुपर्ने बताएका छन् । पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बादलले विचारबाट विचलित भएकाहरू पार्टीबाट बाहिरिएको भन्दै शुद्धिकरण अभियान शुरू गर्नुपर्ने बताएका हुन् ।

उनले आफ्नो पार्टीभित्रको अन्तसंघर्ष वर्ग संघर्षमा रुपान्तरण भएको भन्दै अवसरवादीहरू पलायन भएको समेत बताए ।

उनले भने,‘पार्टी भित्रको अन्तरसंघर्ष वर्ग संघर्षमा परिवर्तन भइसकेको छ ,एकातिरबाट पार्टी विभाजन भएको छ । अर्कोतिर यही विन्दुबाट पार्टीको शुद्धीकरण पनि शुरू भएको छ । अवसरवादीहरू पलयान भएका छन् । दक्षिणपन्थी प्रतिक्रियावादी पलायन भए ।’

बादलले आफ्नो पार्टीको संसदीय दलको नेता विस्थापन गरेर अर्कै दलको प्रतिनिधिलाई प्रधानमन्त्री बनाउनु अपराध भएको दावी गरेका छन्। ‘आफ्नो संसदीय दलको नेतालाई विस्थापन गरेर अर्को दलको प्रतिनिधिलाई प्रधानमन्त्री बनाउनु भनेको सामान्य अवसरवाद होइन्,’ उनले भने, ‘पार्टीका कमरेडहरूले जे गर्नु भएको छ, त्यो गल्ती होइन अपराध हो ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री