बिहीबार, १५ चैत २०८०

शर्लिन र पूनमसंग राज कुन्द्राको कनेक्सन, शर्लिनसंग राज आफैले गरेका थिए यस्तो सम्झौता

समयपोष्ट २०७८ साउन ७ गते १२:०९

Advertisement

नायिका शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राको कनेक्सन शर्लिन चोपडा र पूनम पाण्डेसंग पनि रहेको खुलेको छ ।

महाराष्ट्र साइबरको स्रोतका अनुसार यो केसमा नायिका शर्लिन चोपडा र पूनम पाण्डेको नाम आरोपीको रुपमा आएको थियो । उनीहरुको बयान महाराष्ट्र साइबरद्वारा दर्ता गरिएको थियो जहाँ कथित रुपमा दुबै नायिकाले कुन्द्राविरुद्ध आरोप लगाएका थिए । राज कुन्द्राले अघिल्लो वर्ष अदालतबाट अंतरिम जमानत पाएका थिए र जमानत निवेदनमा अन्तिम सुनुवाई यो महिनाको अन्तिममा हुँदै थियो ।

भारतीय सञ्चार माध्यमले स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘शर्लिन चोपडाको राज कुन्द्राको कम्पनी आर्म्सप्राइम मिडियासँग सम्झौता थियो । यो कम्पनीले भारत बाहिरका कम्पनीका केही एपका लागि अश्लील सामग्री उपलब्ध गराउने गर्दथ्यो ।’

उनका पूर्व वकिल चरणजीत चन्द्रपालका अनुसार शर्लिन सेमी पोर्नोग्राफीसहित आफ्नो एप चलाउँथिन् । यो पार्ट टाइम काम खासै राम्रो चलिरहेको थिएन र केही समयपछि शर्लिनलाई कुन्द्राले सम्पर्क गरे । राज कुन्द्राले चोपडालाई उनलाई नाफाको ५० प्रतिशत पाइने बताएका थिए । यो सम्झौतामा राज आफैंले हस्ताक्षर गरेका थिए ।

जून २०१९ र जुलाई २०२० को बीचमा उनले राम्रो कमाई गरिन् । यद्यपि, शर्लिनले आफूलाई सम्झौता अनुसार पैसा नदिएको महसुस भयो त्यसैले उनले एक वर्ष पछि सम्झौता समाप्त गर्न भनिन् । शर्लिनले पुनः आफ्नै एप बनाइन् र केही महिनासम्म यसले राम्रो व्यापार गर्यो । तर अगस्ट सन् २०२० मा उनको सामग्री चोरिँदै थियो र उनी आफैंले यसबारे उजुरी दर्ता गरेकी थिइन् । फेब्रुअरी सन् २०२१ पछि उनले एक बयान साझा गर्दै राज कुन्द्राले आफूलाई पूर्ण रुपमा पोर्न इन्डष्ट्रिमा धकेलिदिएको बारे बताइन् ।

यस वर्षको सुरुमा राज कुन्द्राले आफूले कम्पनीको सेयर बेचिदिएको र आफ्नो लगानी र बाहिरिएको काजगपत्र प्रहरीलाई सुम्पिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री