बिहीबार, १३ वैशाख २०८१

प्राकृतिक चिकित्सा: एक बैकल्पिक उपचार !

फरक धार

समयपोष्ट २०७८ साउन ४ गते २०:२७

Advertisement


विष्णुहरि शर्मा

‘पढ्नै पर्ने, सिक्नै पर्ने, प्रयोग गर्नै पर्ने, सबैलाइ भन्नै पर्ने’
आजभन्दा करिव तीस बर्ष अगाडि बिहारको बरौनी रेलवे स्टेसनमा बैसाली सुपरफास्ट गाडीमा एकजना वेलायती नागरिक झरे, उनीसंग दुई अटेची र दुई ठुला ठुला ब्याग रहेका थिए। त्यो सामान गन्तव्यमा लगिदिनको लागि राता सर्ट लगायका थुप्रै स्टेसनका कुल्लीहरु त्यहा जम्मा भए,भाडाको डवल फसल गरिसकेपछी एकजना अन्दाजी पचास वर्षको जस्तो देखिने कुल्लीसंग कुरा मिल्यो।

कुल्लीले दुई अटेची टाउकोमा राखे, दुइवटा ब्याग दुई कुममा राखे, उनी लामा लामा पाइला बनाउदै अगाडि बढे, कुल्लीलाई भेटाएर हिड्नुपर्दा बेलायती नागरिक असिना पसिना भए, गन्तव्यमा पुगेर कुल्लीले सामान राखे, बेलायति नागरिकले कुल्लीको उमेर सोधे, कुल्लीले आफ्नो उमेर पैइसठ्ठी बर्षको बताए । बेलायती नागरिक आश्चर्यमा परे, उनले आफ्नो सामान थन्काएर कुल्लीको बासस्थान हेर्नजाने इच्छा गरे, कुल्लीको घर रेलवे स्टेशनको पछाडि झुक्कीमा थियो। त्यसैमा उनका चार परिवारको बसाइ थियो।साझको खाना के रहेछ भनेर उनी त्यतै रोकिए । वेलुकीको उनी र उनका परिवारको खाना थियो, गहुँको पिठाको डल्ला बनाएर गोवरको गैठाको आगोमा ती डल्लाहरु पकाउने अनि त्यहीँ आगोमा पाँच सात ओटा आलु पोल्नेर त्यसैको अचारसंग ती परिकार खाने।

यो सबैकुरा देखेर बेलायती नागरिक अचम्ममा परे, उनी सोँची रहेका छ्न्की मेरो बासस्थान त्यति ठूलो महल छ,नोकर चाकर छ्न्, गाडिहरु छ्न्, लाखौ लाख नगद छ, उच्चस्तरको खानपान छ, सम्पुर्ण सुविधा मसंग छ, तर मेरो शरीर यति कमजोर छ, मलाइ नै रोगले आक्रमण गरेको छ, तर यी व्यक्ति यति गरिव छन्, झुक्की झोपडिको बसाई छ, आलुको अचार र गहुको भोजन छ, तर म भन्दा उनि धेरै शक्तिशाली छन् ।

म भन्दा कैयौ गुणा निरोगि छन्, मलाई रोगले आक्रमण गरेको छ । उन्लाई कुनै पनि रोग लागेको छैन, पैसठ्ठि वर्षको बुढो पचास वर्षको जस्तो देखिन्छन्, यस्तै कुराहरु मनमा गुनिरहे अन्त्यमा उनले निश्चित पारिश्रमिक दिएर बेलायत लैजाने निधो गरे। दोभासे मार्फत कुरा गराएर उनलाई बेलायत लगियो। बेलायतमा उनले रोड सो गराउन थाले अर्थात कुल्लिको बारेमा सबै कुरा बताउने, यीनले कस्तो खान्थे, कस्तोमा बस्थे, र के काम गर्दथे। दिनभरि यो गरिसकेपछि साँझ उनलाई होटलमा राख्ने व्यवस्था गरिएको थियो, होटलमा उनले राम्रा राम्रा परिकारहरु खान थाले, बिहान बेलुका मासुका भेराइटिहरु, मिठाइहरु, क्रिमहरु, कोक फेन्टाहरु, सबै कुरा उनलाई प्राप्त थियो। उनी मोटाउदै गए, दुई वर्ष पछि उनको मृत्यु भयो, डाक्टरहरुले अनुसन्धान गरे, यदि उनी बेलायत नआएका भए, उहीँ झुपडीमा बसेर उहीँ खाना र उहीँ कुल्लि काम गरेको भए अझै पन्ध्र वर्ष भन्दा बढि बाच्न सक्थे भन्ने निष्कर्ष निकालें। (आरोग्य मासिक गोरखपुर)

के यस्तो कुरा हुन सक्दछ! के यो घटनाले सत्यतासंग मेल खान्छ रु जस्तो कि हामी पहाडमा छँदा दिनको पन्ध्र बीस किलोमिटर हिड्ने गर्दथ्यौ, हाम्रो सास बढेन, हाम्रा खुट्टा दुखेनन्, हामीले ठुलै गाग्रिमा पधेरो बाट पानी ल्याउथ्यौ, दुइदिन हिडेर हाट बजार आएर नुन बोकेर लैजाने गर्दथ्यौ । बेसिबाट पन्ध्र बीस पाथी धान बोकेर ठाडो उकालो चढेर आउथ्यौं। अहिले पनि हामी देख्छौ, हिमाली भेगमा बस्ने जनसमुदायहरु, जहाँ नयाँ भनिएको संस्कृति, नयाँ फेसन र नयाँ खानपान पूरा पुगि सकेको छैन, त्यहाँका बासिन्दा हामी भन्दा धेरै निरोगि छन्, धेरै बलिया छन्, माथिल्लो जिल्लाहरु रोल्पा, प्युठानको उपल्लो क्षेत्र, गुल्मी, बाग्लुङ अथवा भनौकि उत्तरी लोग मार्गको वरपर बस्ने बासिन्दाहरु हामी भन्दा कती बलिया छन् । शहरमा बस्ने मानिस भन्दा गाउँमा बस्ने मानिस कसरी निरोगी भयो रु जस्ले कम सुविधा लिएको छ । यसको कारण यो होकि उसले प्राकृतिक सुविधा सबै लिएको छ, उसले मिठो र शुद्ध पानी पिएको छ, सुर्य प्रकाश प्रशस्तै लिएको छ, उसलाई झ्याल ढोका थुनिएको कोठामा बस्न पर्दैन, गाडिको धुवा उसले खान पर्दैन, चाउचाउ, चाउमिन, बिस्कुट, म्याक्रोनि, कोक,फेन्टा, मस्म आदी वस्तुहरु उसले सेवन गरेको छैन, उसले जे खान्छ प्राकृतिक नै खान्छ,आफ्नै बारिमा फलेको तरकारी खान्छ, दिनभर परिश्रम गर्छ,उस्लाई करोडौ रीणको चिन्ता पनि छैन, करोडौ डुब्न थाल्यो भन्ने पिरलो पनि छैन, त्यसैले उ बिना डसनाको खालि गुन्द्रिमा आनन्दको निद्रा सुतिरहेको छ र त उ हामी भन्दा निरोगि छ।

यता हामी भने मिठा मिठा परिकार खाएका छौं, मिठो कसरी पकाउन सकिन्छ भनेर फेसबुकमा खाजेका छौ, गहुँबाट तत्व निकालेर फाले पछि खान्छौ, चामलबाट पनि त्यसै गर्छौ, बिहान देखि बेलुकिसम्म खाएको खाई छौ, पेटमा दुईवटा नानी बोकेको जत्रो पेट बनाएर हिडेका छौ। एक भारि टेन्सन लिएका छौ। भागा भागमा छौ,आफ्नो जीवन निर्वाह भन्दा पनि अर्कोले धेरै कमाएकोमा दुःखी छौं, लाखले पुगेन करोड आँटेका छौं, करोडले पुगेन अरब आँटेका छौ, यो सम्पत्ति के को लागि हो ? यसले के सन्तुष्टि दिन्छ भन्नेतिर अध्ययन गरेका छैनौ। हामी भन्दा माथी को छ भनेर मात्र हेरेका छौ, हामी भन्दा तल कती छन् भनेर हेरेका छैनौ। यहि खानपान, यहि चिन्तन प्रणाली कै कारण हामी रोगले ग्रस्त बनेका छौं।

खेत बारिमा मकै पाकेका छन्, हामी पोलेर खानुको साटो चाउचाउ पकाउन थाल्दछौ, हामी कोदाको, मकैको, गहुँको या फापरको रोटि खानुको साटो चाउमिन, मस्म, पिजा, बर्गर, समोसा, पानीपुरि, बिस्कुट र अन्य चटपटे मसालेदार वस्तुहरुमा हाम्रो ध्यान जाने गरेको छ जस्ले हाम्रो स्वास्थ्य खराब गर्दै लगेको छ। जीवन र स्वास्थ्यलाई हामीले दाउमा लगाएका छौ, हामीले परिश्रम गर्न छोडेका छौ, व्यायाम गर्न छोडेका छौ, बन्द कोठामा एसिमा बसेका छौ, विभिन्न पेय पदार्थमा हाम्रो ध्यान जाने गरेको छ। कसरी लामो आयुबाच्न सकिन्छ, कसरी स्वस्थ र सफल जीवन जिउन सकिन्छ भन्ने कुरामा हाम्रो ध्यान गएको देखिदैन। हामी मोटाएका छौं शरिरमा बोसो भरिएको छ, जस्को कारण हामी मध्ये कसैलाई सुगर बढेको छ, कसै कसैलाई प्रेसर, थाइराइड, कोलेस्टोर, ग्यासट्रिक, अल्सर आदी रोगबाट हामी ग्रस्त भएका छौ। औषधिका पोका थुपारेका छौ, अस्पताल दौडेको दौड्डै छौं । तर हाम्रो खानपानमा सुधार गर्ने हाम्रो ध्यान पटक्कै पुग्ने गरेको छैन। हामी निरोगि रहन र रोगहरुलाई न्युनिकरण गर्नको लागि हाम्रो खानपान र व्यवहारमा सुधार ल्याउन आवश्यक छ । सुधार ल्याउने अधिकार हामीमा अन्तरनिहित छ। रजहरको प्राकृतिक चिकित्सालयको भान्सा कोठाको भित्तामा यो तालिका राखेको रहेछ, मैले यहाँपनि स्वास्थ्यको निम्ति महत्त्वपूर्ण ठानेर पठाएको छु।

हामी स्वस्थ रहन चाहन्छौ भने निम्न कुरा त्याग्ने कोशिस गरौं
१. बिना भोक खाने आदत
२. मानसिक तनाव
३. मैदा, मसिनो पिठो
४. तेलमा भुटेको तरकारी
५. माछा, मासु र अण्डा
६. विषालु औषधि
७. बजारिया मिठाई
८. नसालु पेय पदार्थ
९.आलस्य
१०. शारीरिक थकान
११. पुरानो अचार
१२. सेतो चिनि
१३.रातो खुर्सानी

स्वस्थ रहन अपनाउनु पर्ने कुराहरु

१. उपवासको नियम
२. ध्यान, शुभ चिन्तन र उदारता
३. अंकुरित गहुँ दलिया (खस्रो पिठो चोकर युक्त)
४. दूध दहि शुखाफल बदाम
५. काचो तथा उमालेको तरकारी
७. फलफूल तरकारीको रस
८. विर्य रक्षा (संयम) ब्रम्हाचार्य
९. ताजा वा सुखा गुलिया फलफुल
१०. दूध लस्सि फलको रस
११. परिश्रमको नियम
१२.आवश्यक आराम
१३. ताजा चटनि सलाद
१४. खुदो गुड मह
१५. कालो वा हरियो खुर्सानी

मेरो आफ्नै कुरा गर्दा झण्डै १५ वर्ष अगाडि बोरोङ्काइटिसको रोगले ग्रस्त भएर प्राकृतिक चिकित्सा गोरखपुर ४२ दिन सम्म बसेको थिए, अहिले ग्यास्ट्किको सामान्य समस्या भएर नेपालमै निर्मित सामुदायिक प्राकृतिक चिकित्सालय, रजहरमा १५ दिन उपचार गर्ने अवसर मिल्यो, त्यहाको उपचार पद्धति, त्यहाँको खानपान, बसाइ, स्टाफहरुको व्यवहार अत्यन्तै राम्रो पाइयो। त्यहाँको सबै व्यवस्था हेर्दा हामी सबै रोगि वा निरोगि, सपरिवार सहित कम्तिमा दस दिन बस्नै पर्ने ठाउँ रहेछ भन्ने लाग्यो । त्यसले हामीलाई रोग लाग्नुका कारणहरु बारे सचेत गराउदछ। पाँच विगाहामा निर्मित यो प्राकृतिक अस्पतालमा करिब ६० जना स्टाफहरु, तिनजना डाक्टरहरु,अस्पताल भित्र पालेका गाइको दूध दहि, अस्पतालले नै सात विगाहामा सञ्चालन गरेको अर्गानिक कृषि फर्म राजमार्ग देखि ३ किलोमिटर भित्र नारायणी नदि देखि अन्दाजी ४ किलोमिटरमा अवस्थित यो अस्पतालमा कार्य सुचि बनाएर सपरिवार जाँदा धेरै राम्रो हुने देखिन्छ। अतस्हामीले घुम्ने प्याकेज बनाउदा कहिले दार्जिलिङ कहिले सिक्किम कहिले मैनाली बनाउने गरेका छौ। यसपालिको भ्रमण रजहरमा अवस्थित प्राकृतिक चिकित्सालय लाई बनाउदा राम्रो होला कि !

अन्त्यमा प्रख्यात प्राकृतिक चिकित्सक बिठ्ठलदास मोदिको यो भनाइलाई पनि ध्यान देउ ‘आप खाना खाते समय क्या समझकर खाते हे, ये खाना स्वस्थकर है या नहि ये समझकर खाते है या ये खाना टेष्टकर है या नहि ये समझकर खाते ह‌ै, इसिमे हि आपका स्वास्थ निर्भर कर्ता है ! ’

प्रतिक्रिया

सम्बन्धित सामाग्री