हाँस्य कलाकार पल्पसा डंगोलको दुवै मृर्गौला फेल
समयपोष्ट
२०७८ साउन ३ गते १२:५५
हाँस्य कलाकार पल्पसा डंगोलको दुवै मिर्गौला फेल भएको छ ।
‘चम्सुरी’ नामले सुपरिचित डंगोल हाल टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत छिन् ।
एक महिनाअगाडि स्वास्थ्य खराब भएपछि पल्पसा टिचिङ अस्पताल भर्ना भएकी थिइन् । छोरीहरुले थाहा नपाउन् भनेर उनले आफ्नो रोग लुकाउँदै आएको कलाकार दिपाश्री निरौलालले जानकारी दिईन् ।
उनका छोरीहरु कमाउन सक्ने भइसकेका छैनन् । काठमाडौंको बालाजुमा उनको घर छ । मिर्गौला प्रत्यारोपणका लागि ठूलो खर्च लाग्ने भएकाले आर्थिक सहयोगको अह्वान गरिएको छ ।
प्रतिक्रिया