बिहीबार, ६ वैशाख २०८१

नेको इन्स्योरेन्सको लाभांश वितरण प्रस्ताव पारित

समयपोष्ट २०७८ असार ३१ गते १८:५५

Advertisement

निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्सको २५ औं वार्षिक साधारणसभा (रजत वर्ष) सम्पन्न भएको छ ।

भर्चुअल माध्यमबाट सम्पन्न उक्त सभाले आफ्ना सेयर धनीहरुलाई ०.८२ प्रतिशत नगद लाभांशसहित १५.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।

उक्त सभाले आर्थिक वर्ष २०७६/७७ को कम्पनीको वित्तीय विवरण पारित गर्नुका साथै शेयर धनीहरुलाई १५.५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

साधारणसभामा सेयरधनीहरूले भर्चुअल माध्यमबाट आफ्ना जिज्ञासा, सुझाव तथा मन्तव्य राखेका थिए भने सभाले आर्थिक वर्ष २०७७÷७८ को लेखापरीक्षक नियुक्ति गर्नुका साथै बोनस सेयर जारी पश्चात हुने कम्पनीको पूँजी बृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री