शुक्रबार, १६ चैत २०८०

यी हुन् नयाँ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भुसाल

समयपोष्ट २०७८ असार २९ गते २३:३५

Advertisement

मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी नेकपा (माओवादी केन्द्र) का नेत्री फम्फा भुसालले पाउनुभएको छ ।

विसं २०६४ मा महिला बालबालिका तथा समाज कल्याणमन्त्री, २०६५ मा सामान्य प्रशासनमन्त्री र विसं २०६८ मा शान्ति तथा पुनः निर्माण मन्त्रालयको जिम्मेवारी सम्हालनुभएका मन्त्री भुसाल माआवादी जनयुद्धको क्रममा १० वर्ष भूमिगत बस्नुभएको थियो ।

विसं २०१९ साउन ४ गते अर्घाखाँचीमा जन्मनुभएका भुसाल ललितपुर क्षेत्र नं ३ बाट विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । यसअघि विसं २०६४ मा संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

उहाँ तत्कालीन संयुक्त जनमोर्चा नेपालको महासचिव र अध्यक्ष हुनुभएको थियो । विसं २०३३ मा अनेरास्ववियु छैटौँको सदस्यता लिई राजनीतिक जीवन शुरुआत गर्नुभएको भुसाल नेकपा (माओवादी केन्द्र) को प्रभावशाली नेत्री हुनुहुन्छ । माओवादी केन्द्रको स्थायी समिति सदस्य रहनुभएकी नेत्री भुसालको विशेष रुची अर्थतन्त्र र विकासमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री