बिहीबार, २६ असार २०८२

करिनाको तेस्रो बच्चा !

समयपोष्ट २०७८ असार २७ गते १३:०६

Advertisement

दुई सन्तानकी आमा बलिउड अभिनेत्री करिना कपूर खानले आफ्नो इन्स्टाग्राममा एउटा तस्वीर शेयर गरिन् । तस्वीरमा करिनाले अल्ट्रासाउन्डको रिपोर्ट हेरिरहेको देखिन्छ ।

यो फोटो देखाउँदै करिना के भन्न खोजेकी हुन भन्ने मानिसहरूले बुझ्न सकेका थिएनन् । तर, अब भने करिनाले भिडियो शेयर गर्दै त्यस विषयमा विस्तृत जानकारी दिएकी छिन् ।
उनले गर्भाधानदेखि जन्मसम्मको सबै दुःख, सुःख समेटेर किताब प्रकाशन गरेको उल्लेख गरेकी छिन् ।

दुई पटकको गर्भावस्थाका दिन स्मरण गर्दै करिनाले भिडियो साझेदारी गर्दै लामो स्ट्याटस लेखेकी छिन्, ‘यो मेरो यात्रा हो…दुबै मेरो गर्भावस्थाको अनुभव बाइबिलले लेखेको छ । यी दिनहरू राम्रा र खराब दुवै दिनहरू थिए, केही दिन म काममा जान हतारमा भएको समयमाँ म ओछ्यानबाट बाहिर निस्कन संघर्ष गर्दै थिए। यो पुस्तक मेरो दुबै गर्भावस्थाको बखत मैले शारीरिक र भावनात्मक तवरले अनुभव गरेको कुराले भरिएको एक व्यक्तिगत विवरण हो। किताबलाई करिनाले आफ्नो तेस्रो बच्चा (सन्तान) जस्तै भएको भन्दै डाक्टरहरुको सहयोगले प्रकाशन गर्न सम्भव भएको समेत उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री