शुक्रबार, ७ वैशाख २०८१

जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

समयपोष्ट २०७८ असार २१ गते १७:१३

Advertisement

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सोमबार सम्पन्न साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत हुने कम्पनीको आ.व २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को, २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सम्वन्धी विवरण, आ.व.२०७७/०७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोकेको छ ।

सभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने संचालकमा सरस्वती गौतम ज्ञवाली, र अमृत बन्जाडे निर्बिरोध निर्वाचित गरेको छ भने कोभिड–१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने समेत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री