आमिर खान र किरण रावको डिभोर्स !
समयपोष्ट
२०७८ असार १९ गते २१:२४
बलिउडका चर्चित अभिनेता आमिर खान र किरण रावले अलग हुने घोषणा गरेका छन् । १५ बर्षको सम्बन्धलाई यी दुईले तोड्ने निर्णय गरेका हुन् ।आमिरको किरणसंग दोस्रो विवाह हो । रिना दत्तसंग सम्बन्ध विच्छेद भएपछि आमिरको जिवनमा किरण आएकी हुन् ।
यी दुईबिचको सम्बन्ध विच्छेदको घोषणासंगै आमिरका मिल्ने साथी शुमार अमिन हाजीले सो विषयमा जानकारी दिएका छन् । हाजीले लकडाउनको समयमा आमिर र किरणबिच तनाव सुरु भएको बताएका छन् ।
उनले यी दुईबिचको तनाव जनवरी,फ्रेबअरीबाटनै सूरु भएको बताए । सो बिषयमा थाहा पाएपछि आफुलाई निकै नराम्रो महसुुस भएको उनले बताए । उनले यी दुईले अलग हुने घोषणा गर्दै गर्दा आमिर र किरण लद्दाख में ‘लाल सिंह चड्ढाु को शूटिंगमा ब्यस्त रहेको बताए । किरण उक्त फिल्मकी निर्माता समेत हुन् । दैनिक भाष्कर
प्रतिक्रिया