शुक्रबार, २१ वैशाख २०८१

शिक्षक महासंघद्वारा यस्ता माग राखी ७५३ वटै स्थानीय तहमा धर्ना

समयपोष्ट २०७८ असार १८ गते १६:२८

Advertisement

अशोक खनाल
एक्काईस वटा संघ संगठनको छाता संगठन नेपाल शिक्षक महासंघ विभिन्न माग राखी आन्दोलनमा उत्रिएको छ ।

महासंघ बिद्यालयका कर्मचारी,बालबिकाश सहयोगीको तलब वृद्धि, शिक्षक कर्मचारीहरुका लागि कोभिड-१९ विरुद्धको खोप, संघिय शिक्षा एन जारी गर्नु पर्ने, शिक्षक कर्मचारी र मन्त्रालयबिच भएका सम्झौताहरु कार्यन्यवन लगायतका माग राख्दै आन्दोलनमा उत्रिएको हो ।


चौथो चरणको कार्यक्रम अन्तरगत महासंघले उक्त माग राखी शुक्रबार देशै भरका ७ सय ५३ वटा स्थानिय तहमा धर्ना दिएका छन् । अर्घाखाँची जिल्लामा महासंघले सन्धिखर्क नगरपालिकामा बिहान दश बजे देखि २ बजेसम्म धर्ना दिएको नेपाल शिक्षक महासंघ आवद्ध घट्कका केन्द्रीय उपाध्यक्ष तथा शान्ति माबिका प्रधान्ध्यापक मान बहादुर पान्डेले बताएका छन।

महासंघले असार १५ गतेबाट श्रावण ४ गतेसम्म चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री