शनिबार, ८ वैशाख २०८१

पुर्व प्रेमिका अंकिता लोखंडेको खुलासा : रियासँगको सम्बन्ध तोड्न चाहन्थे सुशान्त, प्रहरीसंग मिलेर सार्वजनिक गरिन् च्याट

समयपोष्ट २०७७ साउन १५ गते १३:१५

Advertisement

सुशान्त सिंह आत्महत्या मामलामा पुर्व प्रेमिका अंकिता लोखंडेले नयाँ खुलासा गरेकी छिन् । लोखंडेले सुशान्त रिया चक्रवर्तीसंगको सम्बन्ध तोड्न खोजिरहेको बयान अंकिताले बिहार प्रहरीलाई दिएकी छिन् ।

अंकिताले प्रहरीलाई दिएको बयान अनुसार ‘मणिकर्णिका’ को प्रोमोशनको क्रममा सुशान्तले उनलाई शुभकामना दिन मेसेज गरेका थिए ।त्यतिबेला सुशान्तले निकै भावुक भएर उनी रियासँगको आफ्नो सम्बन्धका कारण निकै तनावमा परेको रियाले असाध्यै तनाव दिएका कारण आफूले सम्बन्ध समाप्त गर्न चाहेको अंकितालाई बताएका थिए ।

अंकिताले आफ्नो यो च्याट बिहार प्रहरीसँग मिलेर साझा गरेकी छिन् । यसबाहेक अंकिताले त्यसपछि पनि सुशान्त र उनीबीच भएको सबै च्याट बिहार प्रहरीसमक्ष साझा गरेकी छिन् । यसै आधारमा अब बिहार प्रहरीले आफ्नो छानबिन सुरु गरेर प्रमाण जम्मा गरिरहेको भारतीय मिडयाले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री